मकवानपुरका यी सडकमा रातिको समयमा सवारी साधनलाई रोक
सारांश
- जल तथा मौसम विज्ञान विभागको सूचना अनुसार मकवानपुरका केही सडकखण्डमा १७ देखि २० गतेसम्म राति सवारी आवागमनमा रोक लगाइएको छ।
- हेटौँडा-ललितपुरतर्फको कान्ति लोकपथ र हेटौँडा-भैँसे-काठमाडौँ सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ।
- विपद्बाट हुने क्षति कम गर्न स्थानीय तह, सुरक्षा निकाय र सरोकारवालालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
मकवानपुर । जल तथा मौसम विज्ञान विभागको सूचनाअनुसार भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज १७ देखि २० गते सम्म जिल्लाका केही प्रमुख सडक खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ द्वारा जारी सूचनामा विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सबैलाई सतर्क रहन अनुरोध गरिएको छ।
प्रतिबन्धित समय र सडक खण्डहरू :
१. कान्ति लोकपथ (हेटौँडाबाट ललितपुरतर्फ): बेलुका ४:०० बजेदेखि बिहान ६:०० बजेसम्म सवारी साधन चल्न पाउने छैनन्।
२. हेटौँडा-भैँसे-काठमाडौँ सडक खण्ड: बेलुका ५:०० बजेदेखि बिहान ६:०० बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
उल्लेखित अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातीको समयमा यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ। सबै स्थानीय तहलाई पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।
त्यस्तै, जिल्लास्थित सबै सुरक्षा निकाय, स्थानीय तह, टोल विकास समिति लगायतका सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ।
पूर्वतयारी र प्रतिकार्यमा सहयोग गर्ने सबै साझेदार संस्थाहरूलाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग नियमित समन्वय र सम्पर्कमा रहन आग्रह गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व
-
अभिषेक गिरीलाई थुनामुक्त गर्न मोरङ अदालतको आदेश
-
कोशी अस्पतालको जग्गा खाली गर्न अर्को अल्टिमेटम
-
गृहको निर्देशनपछि सुस्तामा प्रशासन सक्रिय, नागरिकता विवरण संकलन गर्ने तयारी
-
शिक्षित आमामै पूर्ण स्तनपानको दर घट्दो, दूधदानी प्रयोग बढ्दै
-
कालीकोटमा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या उल्लेखनीय वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण