सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सारांश
- रामेछाप, चितवन र नवलपरासीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
- रामेछापमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चितवनमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
- नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ, र प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।
काठमाडौं । सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् ।
रामेछाप नगरपालिका-७ भालुखोपस्थित सडकमा भालुखोपबाट रामेछापडाँडातर्फ आउँदै गरेको बागमती बि-एच ९२१९ नम्बरको ट्याक्सी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक मन्थली नगरपालिका-४ हुडीछाप बस्ने ४१ वर्षीय लाल काजी घिसिङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका-७ पिपल चोकमा भरतपुरबाट चनौलीतर्फ जाँदै गरेको ग.२ ख १४०४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-७ बस्ने ७२ वर्षीया नन्दाकली कंडेलको बिहीबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी नवलपरासी पश्चिमको सुनवल नगरपालिका-२ नयाँबस्तीस्थित सडकमा पनि परासीबाट सुनवलतर्फ आउँदै गरेको बा.८२ प ९८६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया प्रमिला तेलीको मृत्यु भएको छ ।
बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको तिनाउ ईन्टरनेशनल हस्पिटल बुटवल रूपन्देहीमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण