अरनिको र बीपी राजमार्गमा सवारीसाधन ‘होल्ड’
शनिबार, १८ असोज २०८२, ११ : ४४
सारांश
- शुक्रबारदेखिको वर्षाले अरनिको र बीपी राजमार्गमा पूर्वबाट आएका सवारी साधन रोकिएका छन्।
- लेदोसहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ लगायतका स्थानमा सवारी रोकेको हो।
- यात्रु र सवारीको सुरक्षाका लागि राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
काठमाडौँ । शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण अरनिको र बीपी राजमार्गमा पूर्वबाट आएका सवारी साधनलाई विभिन्न स्थानमा होल्ड गरिएको छ।
निरन्तर वर्ष भएसँगै विभिन्न स्थानमा आएको लेदासहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोकेको हो ।
यात्री र सवारी साधनको सुरक्षालाई दृष्टिगत गर्दै ती स्थानबाट होल्ड गरिएको ट्राफिक प्रहरीले जनाको छ।
पहिरोका कारण बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग होल्ड गरिएको छ।धुलिखेल–खावाखण्डअन्तर्गत तिरतिरे धारामा पहिरो खसेकाले राजमार्गमा पनि सवारी साधन सञ्चालन रोक लगाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण