बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनगढीबाट काठमाडौँसहित लामो रुटका गाडी आज नचल्ने

शनिबार, १८ असोज २०८२, १३ : ०३
शनिबार, १८ असोज २०८२

सारांश

  • सुदूरपश्चिमबाट काठमाडौँसहित लामो रुटका गाडी सडक दुर्घटनाको जोखिमका कारण स्थगित गरिएको छ।
  • सुन्दर सुदूरपश्चिम यातायात प्रालिले असोज १८ गते लामो दुरीका बस सेवा स्थगित गरेको छ।
  • यात्रुको सुरक्षा र जोखिम न्यूनीकरणका लागि प्रालिले असोज १९ गते मौसम हेरेर मात्रै सवारी चलाउने जनाएको छ।

धनगढी । सडक दुर्घटनाको जोखिम भएकाले सुदूरपश्चिमबाट काठमाडौँसहित लामो रुटका गाडी चलाइएको छैन।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई मध्यनजर गर्दै सुन्दर सुदूरपश्चिम यातायात प्रालिले असोज १८ गतेका लागि सबै लामो दुरीका यात्रु बस सेवा स्थगित गर्ने निर्णय गरेको हो।

जसअनुसार धनगढी–काठमाडौँ–धनगढी र अन्य पूर्वी रुटका यातायात चल्ने छैनन्। प्रालिले असोज १९ गते मौसम र सडकको अवस्था हेरेर मात्रै सवारी सञ्चालन गरिने जनाएको छ।

प्रालिका अध्यक्ष पदमराज सापकोटाका अनुसार निर्णय यात्रुको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि गरिएको हो।

नेपाल सरकारले असाेज १८, १९ र २० गते काठमाडौँ उपत्यका आउने जाने र पूर्वी रुटका राजमार्गहरू बन्द रहने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप