उद्धार तथा राहतमा जुट्न महामन्त्री थापाको आग्रह
शनिबार, १८ असोज २०८२, १६ : ४३
सारांश
- कांग्रेस महामन्त्री गगन थापाले विपद्को समयमा नागरिक, कार्यकर्ता र जनप्रतिनिधिलाई सक्रिय हुन आग्रह गरेका छन्।
- उनले सरकारका सूचनाहरू फैलाउन र उद्धार, राहत तथा सेवामा लाग्न अनुरोध गरेका छन्।
- थापाले पार्टीका कार्यकर्तालाई निर्देशन र सूचना पालना गर्न आग्रह गरेका छन्।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विपद्को अवस्थामा सबै नागरिक, कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा सक्रिय हुन आग्रह गरेका छन्।
थापाले शनिबार फेसबुकमार्फत भनेका छन्, 'भारी वर्षाले सिर्जित विपद्को यो अवस्थामा म आम नेपाली नागरिक, नेपाली कांग्रेसका साथीहरू र स्थानीय तह तथा प्रदेशका निर्वाचित प्रतिनिधिहरूलाई सरकारले जारी गरेका सूचनाहरू व्यापक रूपमा फैलाउन र सम्भावित विपद्को समयमा आफ्नो ख्याल गर्दै उद्धार, राहत र सेवामा जुट्न अनुरोध गर्दछु।'
साथै उनले पार्टीका सबै तहका कार्यकर्ताहरूलाई पनि पार्टीले जारी गरेका निर्देशन र सूचनालाई आत्मसात् गर्दै आफ्ना ठाउँमा सक्रिय रहन आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण