सप्तकोशी नदीमा जलसतह बढ्दै, १५ वटा ढोका खोलियो
शनिबार, १८ असोज २०८२, २३ : १३
सारांश
- अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेको छ।
- सप्तकोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड एक लाख नौ हजार ३६० क्युसेक पुगेको छ।
- बहाव बढ्दै गएपछि ब्यारेजका १५ ढोका खोलिएको छ, र स्थानीयलाई सतर्क रहन भनिएको छ।
राजविराज । आज बिहानैदेखि परेको अबिरल बर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार सप्तरी र सुनसरीको बीचमा रहेको सप्तकोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड एक लाख नौ हजार ३६० क्युसेक पुगेको छ ।
पानीको बहाव बढ्न थालेपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये आज रातिसम्म १५ वटा ढोका खोलिएका छन् । आज दिउँसो पानीको बहाव एक लाख दुई हजार ३५ क्युसेक थियो ।
साथै तराई मधेस र पूर्वी पहाडी जिल्लामा भइरहेको अविरल वर्षाका कारण पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ । स्थानीय प्रशासनले कोशी ब्यारेज आसपास बस्नेहरूलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण