मनसुनी वायुको प्रभाव कायमै, आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?
सारांश
- देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले वर्षा भइरहेको छ।
- आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
- कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
काठमाडौँ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ । जसको प्रभावले देशभर वर्षा भइरहेको छ ।
आज बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरुमा पूर्ण बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । मधेस, बागमती प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा र कोशी र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउसो कोशी र मधेस प्रदेशका अधिकांश स्थानहरुमा पूर्ण बदली रही बागमती र लुम्बिनी प्रदेशमा साधरणतया बदली र बाँकी भूभागहरूमा आंशिक बदली रहने छ। कोशी प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, मधेस, बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण