५ वटा नदीको जलसतह खतराको तहमा पुग्यो
आइतबार, १९ असोज २०८२, १३ : २०
सारांश
- बाढी पूर्वानुमान महाशाखाले पूर्वका ५ वटा खोला र नदीहरूमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको जनाएको छ।
- तमोर नदीले खतरा तह पार गरिसकेको छ भने सप्तकोसी र सुनसरी खोलाको बाढीको सतह पनि उच्च छ।
- कन्काइको मैनाचुली र अरुणको सिम्लेमा पानीको बहाव खतराको नजिक पुगेको छ।
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले पूर्वका विभिन्न ५ वटा खोला तथा नदीहरूमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको जनाएको छ । महाशाखाका अनुसार तमोर नदीले खतरा तह पार गरिसकेको छ ।
त्यस्तै सप्तकोसीको चतरामा र सुनसरी खोलाको बाढीको सतह पनि उच्च तहमा पुगेको छ । उता कन्काइको मैनाचुली र अरुणको सिम्ले खतराको नजिक पुगेको छ । दुई नदीको बहाव बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण