मनाङ प्रदेशसभा २ को उपनिर्वाचन स्थगित
सारांश
- निर्वाचन आयोगले मनाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन स्थगित गरेको छ।
- स्थानीय प्रशासनको कर्फ्यु र जेनजी आन्दोलनका कारण निर्वाचन स्थगित गरिएको हो।
- आयोगले अर्को निर्वाचन कार्यक्रम पछि प्रकाशित गर्ने जनाएको छ।
काठमाडौं । निर्वाचन आयोगले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन स्थगित गरेको छ।
जेनजी आन्दोलनका कारण स्थानीय प्रशासनबाट कर्फ्यु आदेश जारी भएपछि पूर्व निर्धारित कार्यक्रम कार्यान्वयनमा असर परेको कारण देखाउँदै आयोगले आगामी कात्तिक १७ गते हुने गरी तोकेको उक्त उपनिर्वाचन स्थगित गरेको हो ।
निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारी, निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर ज.ब.रा. लगायतका पदाधिकारी र नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृह मन्त्री ओम प्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा लगायतबिच भएको छलफलपछि यस्तो निर्णय गरिएको आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलगायत राष्ट्रिय सभा सदस्य निर्वाचन तयारीसम्बन्धी छलफलसमेत भएको उल्लेख गर्दै मनाङ उपनिर्वाचनको अर्को निर्वाचन कार्यक्रम पछि प्रकाशित गरिने जनाएको छ।
मनाङबाट निर्वाचित दीपक मनाङे ज्यान मुद्दामा दोषी ठहर भएपछि उनी पदमुक्त भएका थिए । प्रतिनिधिसभा विघटन भएपनि प्रदेशसभा कायमै रहेकाले सो स्थानमा उपनिर्वाचन गराउनुपर्ने अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण