दसैँमा प्रदर्शित तीन फिल्म : कसको व्यवसाय कस्तो ?
सारांश
- दसैंमा रिलिज भएका नेपाली फिल्म 'हरिबहादुरको जुत्ता', 'माइतीघर' र 'बलिदान' ले एक सातामा कति आम्दानी गरे भन्ने आधिकारिक तथ्याङ्क सार्वजनिक भएको छैन।
- 'माइतीघर'का निर्माता रोहित अधिकारीले फिल्मले राम्रो व्यवसाय गरिरहेको दाबी गर्दै बोर्ड अध्यक्षको राजीनामा माग गरेपछि बक्सअफिस रिपोर्ट सार्वजनिक हुन सकेको छैन।
- 'हरिबहादुरको जुत्ता' ले अन्य दुई फिल्मको तुलनामा बढी शो पाएको छ र भारतीय फिल्मसँग प्रतिस्पर्धा गरिरहेको छ।
काठमाडौँ । दसैँका लागि भन्दै फूलपातीदेखि प्रदर्शनमा आएका तीन नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ले एक सातासम्म कति आम्दानी गरे भन्ने प्रस्ट हरहिसाब आधिकारिक रूपमा बाहिरिएको छैन ।
तीन वटै फिल्मका निर्माण पक्ष यतिवेला आ–आफ्नो फिल्मले राम्रो व्यवसाय गरिरहेको दाबी गर्दै आएका छन् । चलचित्र विकास बोर्डले भने पछिल्लो बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छैन ।
फिल्म ‘माइतीघर’का निर्माता रोहित अधिकारी आफ्नो फिल्मले राम्रो व्यवसाय गरिरहेको दाबी गर्छन् । फिल्मको व्यवसाय उपत्यकाभन्दा मोफसलमा राम्रो रहेको उनको भनाइ छ ।
अधिकारीका अनुसार मोफसलमा थुप्रै सहरमा यो फिल्मको व्यवसाय राम्रो देखिएको छ । चितवनदेखि पश्चिमका अधिकांश स्टेशनमा फिल्मको व्यापार र बुकिङ दुवै राम्रो रहेको उनी बताउँछन् ।
मोफसलमा फिल्मको व्यवसाय राम्रो देखिएपछि नायक धिरज मगर, नायिका उपासना सिंह ठकुरी, कलाकार केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, प्रकाश सपुत लगायतका कलाकार पश्चिममा दर्शक भेट्न जान लागेको निर्माता अधिकारीले बताए ।
त्यस्तै, ‘हरिबहादुरको जुत्ता’को पनि व्यवसाय दिन प्रतिदिन राम्रो हुँदै गएको निर्माता सरोज वली बताउँछन् । फिल्मले दसैँकै अवसरमा प्रदर्शित अन्य दुई फिल्मको तुलनामा अहिले शो समेत बढी पाएको छ ।
प्रदर्शन सुरुवातको समय ‘बलिदान’ले २४४ र ‘माइतीघर’ले १४४ शो पाउँदा ‘हरिबहादुरको जुत्ता’ले १३४ शो मात्र पाएको थियो । तर रिलिजको सातौँ दिन आइपुग्दा भने अन्य फिल्मको तुलनामा ‘हरिबहादुरको जुत्ता’ले बढी शो पाएको हो । आइतबार हलहरूले ‘हरिबहादुरको जुत्ता’ लाई ११७ शो दिएका छन् भने ‘बलिदान’ र ‘माइतीघर’ले क्रमशः १०७ र ७७ शो पाएका छन् ।
निर्माता वली आफ्नो फिल्मले भारतीय फिल्म ‘कान्तारा ः च्याप्टर १’ सँग प्रतिस्पर्धा गरिरहेको दाबी गर्छन् । दिपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ ।
अर्काे फिल्म ‘बलिदान’ले पनि राम्रो व्यवसाय गरिरहेको फिल्मका वितरक गोविन्द शाही बताउँछन् । ‘फिल्मले अहिलेसम्म कति व्यवसाय ग¥यो भन्ने हिसाब गर्न बाँकी छ’, उनले भने, ‘छिटै फिल्मको व्यवसाय सार्वजनिक हुन्छ ।’
समीर भट्टका साथै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारको अभिनय रहेको फिल्म सन्तोष सेनले निर्देशन गरेका हुन् ।
के छ बक्स अफिस रेकर्ड ?
चलचित्र विकास बोर्डले यी तीन फिल्मको पछिल्लो बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छैन । प्रदर्शनको सुरुवातको दुई दिन नियमित बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको बोर्डले त्यसपछिको रिपोर्ट सार्वजनिक गरेको छैन ।
बोर्डले सार्वजनिक गरेको दुई दिनको रेकर्डमा ‘बलिदान’को एक करोड पाँच लाख ६५ हजार व्यापार (ग्रस कलेक्सन), ‘हरिबहादुरको जुत्ता’को ५९ लाख ५८ हजारको व्यापार (ग्रस कलेक्सन) र ‘माइतीघर’को ३८ लाख ६३ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको उल्लेख थियो ।
बोर्डले फिल्मको बक्सअफिस रिपोर्ट जथाभाबी सार्वजनिक गरेको आरोपसहित फिल्म ‘माइतीघर’का निर्माता रोहित अधिकारीले बोर्ड अध्यक्ष दिनेश डिसीको राजीनामा माग गरेपछि बोर्डले बक्सअफिस रिपोर्ट सार्वजनिक गर्न बन्द गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि आज साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
-
विश्वकपमा ‘डार्क हर्स’ नर्वेको जादुमयी यात्रा समाप्त
-
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वे २–१ ले पराजित
-
अतिरिक्त समयको पहिलो हाफ समाप्त: जुड बेलिङ्घमको गोलसँगै इङ्गल्याण्ड २–१ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण