शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
अपडेट

प्रधानमन्त्री कार्कीले बोलाइन् परिषद्को बैठक

सोमबार, २० असोज २०८२, १२ : २४
सोमबार, २० असोज २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण बैठक बोलाएकी छिन्।
  • बैठकले राहत कार्यलाई प्रभावकारी बनाउने, पुनर्निर्माण र वासस्थान व्यवस्थापनमा निर्णय गर्नेछ।
  • बाढीपहिरोबाट ४५ जनाको मृत्यु, ६ बेपत्ता र २४ घाइते भएका छन्, खोज तथा उद्धार जारी छ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे बस्ने गरी राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्री कार्कीले बैठक आह्वान गरेकी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिए ।

राष्ट्रिय परिषद् बैठकले राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी पहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायत विषयमा महत्त्वपूर्ण निर्णय हुने उनले बताए ।

भट्टले अविरल वर्षापछिको बाढी र पहिरोका कारण ४५ जनाको मृत्यु भएको, ६ जना बेपत्ता भएको र २४ जना घाइतेको उपचार भइरहेको जानकारी समेत दिए । घाइतेको प्रशासन कार्यालयको समन्वयमा निःशुल्क उपचारका साथै पीडित परिवारलाई खाद्यान्न लगायत अन्य व्यवस्था भइरहेको उनले बताए ।

भट्टले अझै पनि केहि स्थानमा खोज उद्धारको कार्य जारी रहेकाले बाढी र पहिरोबाट भएको जनधनको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप