कारले मोटरसाइकललाई ठक्कर दिदाँ तीन जना घाइते
सोमबार, २० असोज २०८२, १४ : ०२
सारांश
- चितवनमा कारले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्।
- दुर्घटनामा परी घाइते हुनेहरूमा राजु आचार्य, खड्गप्रसाद पौडेल र रेखाकुमारी पौडेल रहेका छन्।
- प्रहरीले कार चालक रामनारायण यादवलाई नियन्त्रणमा लिएको छ र घाइतेहरूको उपचार भइरहेको छ।
चितवन । चितवनमा कारले मोटरसाइकललाई आज ठक्कर दिदाँ तीन जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ भतेरी जङ्गलमा नारायणगढबाट मुग्लिनतर्फ जाादै गरेको बा प्र ०१–०३३ च २६२७ नम्बरको कारले ग २३ प ३०९२ नम्बरको मोटरसाइकल र बा प्र ०६–००१ प ९३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कास्कीको पोखरा महानगरपालिका–११ का ३६ वर्षीय राजु आचार्य तथा गोरखाको भीमसेन थापा गाउँपालिका–१ का ५६ वर्षीय खड्गप्रसाद पौडेल र उहाँकी श्रीमती ४५ वर्षीया रेखाकुमारी पौडेल घाइते भएका हुन् ।
घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । प्रहरीले कार चालक धनुषाको मिथिला बिहारी नगरपालिका–१० का ३७ वर्षीय रामनारायण यादवलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
-
प्रधानमन्त्रीको अभिव्यक्ति पछि ठोरी नाकामा समस्या देखियो,समाधानको पहल गरियोस् : थपलिया
-
संसद्मा शाहीले भने– नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो
-
सांसदहरूद्वारा कर्णालीमा दुर्घटना रोक्ने योजनाका लागि सरकारलाई रुलिङ गर्न माग
-
हालान्ड इंग्ल्यान्डका लागि सबैभन्दा ठुलो खतरा
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण