बेनिघाट–लार्के सडकको पहिरो हटाइयो
सोमबार, २० असोज २०८२, १७ : ३४
सारांश
- बेनिघाट-लार्के सडकखण्डमा खसेको पहिरो हटाइएपछि यातायात सञ्चालनमा आएको छ।
- अत्यधिक वर्षाका कारण खानीवेशीमा पहिरो खसेको थियो, जसले गर्दा सवारी साधन रोकिएका थिए।
- तातोपानी र दोभानको बीचमा झरेको पहिरो भने अझै हटाउन बाँकी छ, तर पैदल यात्रीलाई आवतजावतको व्यवस्था मिलाइएको छ।
गोरखा । बेनिघाट–लार्के सडकखण्डमा खसेको पहिरो हटाइएको छ । पहिरोका कारण अवरुद्ध उक्त सडक हाल सञ्चालनमा आएको छ ।
अत्यधिक वर्षाका कारण बेनिघाट–लार्के सडकखण्डको खानीवेशीमा पहिरो खसेपछि यातायातका साधन बीच बाटोमै थन्किएका थिए । माछाखोलासम्म सवारीसाधन चल्न थालेका स्थानीय रञ्जना ढकालले जानकारी दिइन् ।
तातोपानी र दोभानको बीचमा झरेको पहिरो भने अझै हटाउन सकिएको छैन । उक्त स्थानमा स्थानीयले पहिरो हटाएर पैदलयात्रुलाई हिँड्न मिल्ने बनाएको ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा एउटै मन्त्रालयको दायित्व ७ अर्ब नाघ्यो, रुग्ण आयोजना किनारा लगाउन निर्देशन
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण