मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाढीले सडक बगाउँदा हुलाकी राजमार्गको आवागमन ठप्प

मङ्गलबार, २१ असोज २०८२, १२ : ४२
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • सर्लाहीको कौडेना गाउँपालिकामा लखन्देही खोलाको बाढीले हुलाकी राजमार्ग अवरुद्ध गरेको छ।
  • बाढीले करिब १५० मिटर सडक बगाएपछि स्थानीय युवाले अस्थायी पुल बनाएर आवतजावत गराइरहेका छन्।
  • स्थानीय बासिन्दाले स्थायी पुल निर्माण र क्षतिग्रस्त सडक मर्मतका लागि सरकारसँग माग गरेका छन्।

सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–३ पर्साटोलाको पश्चिमतर्फ लखन्देही खोलाको बाढी बगाउँदा हुलाकी राजमार्ग अवरुद्ध भएको छ । शनिबार राति आएको बाढीले करिब १५० मिटर सडक बगाएपछि पूर्व–पश्चिम हुलाकी राजमार्गको आवागमन ठप्प बनेको हो ।

सडक अवरुद्ध भएपछि  बिहानदेखि स्थानीय युवाहरूले बाँस र पटाको अस्थायी पुल बनाएर मोटरसाइकल, साइकल र पैदल यात्रु वारपार गराउने व्यवस्था मिलाएका छन् । सो पुल प्रयोग गर्नका लागि उनीहरूले मोटरसाइकलका लागि १०० रुपैयाँ, साइकलका लागि २० रुपैयाँ र पैदल यात्रुबाट १० रुपैयाँ शुल्क लिने गरेको स्थानीयले बताएका छन् ।

गोडैता, बलरा, विष्णु, धनकौल र रामनगर गाउँपालिकाका बासिन्दाहरूका लागि उक्त हुलाकी राजमार्ग मलंगवा सदरमुकाम आउजाउ गर्ने मुख्य बाटो हो । सडक बगाएपछि सर्वसाधारणहरू आवतजावतमा समस्या झेल्न बाध्य भएका छन् ।

लखन्देही खोलामा अझैसम्म पक्की पुल निर्माण नहुँदा प्रत्येक वर्षायाममा यस्तै समस्या दोहोरिने गरेको छ । स्थानीयवासीहरूले सरकारले तत्काल स्थायी पुल निर्माण र क्षतिग्रस्त सडक मर्मतका लागि पहल गर्न माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप