मधेसमा नयाँ सरकार गठनको पहल: देउवा र महन्थ ठाकुरबिच कुराकानी
सारांश
- लोसपा अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशमा नयाँ सरकार गठनबारे कांग्रेस सभापति देउवासँग छलफल गरे।
- ठाकुरले लोसपाको नेतृत्वमा सरकार बनाउन पहल गरिरहेका छन्, तर कांग्रेसका नेता कृष्णा यादवले पनि दाबी प्रस्तुत गरेका छन्।
- लोसपाले जसपा नेपालको समर्थन पाउने सम्भावना रहेको छ, तर मुख्यमन्त्री सतिष कुमार सिंहले राजीनामा दिएका छैनन्।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकार गठनको विषयमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
ठाकुर आफ्नो दलको नेतृत्वमा मधेसमा सरकार बनाउन सक्रिय भएका छन् । सोहीअनुसार असोज १५ गते जनकपुर पुगेर आफ्ना पार्टीका प्रदेश सांसदसँग छलफल गरी काठमाडौँ फर्केका अध्यक्ष ठाकुरले सभापति देउवासँग पनि सोमबार टेलिफोन वार्ता गरेका हुन् ।
यसअघि उनले कांग्रेसका नेता पूर्णबहादुर खड्कासँग पनि छलफल गरेका थिए । नेता खड्कासँग छलफलपछि त्यहीँबाट पार्टीका सभापति देउवासँग फोनमा वार्ता गरेको एक नेताले बताए ।
ती नेताले सभापति देउवा लोसपाको नेतृत्वमा सरकार बनाउन सकारात्मक देखिएको दाबी गरे । उनले यस विषयमा पार्टीमा छलफल गरेर निर्णय सुनाउने ठाकुरलाई आश्वासन दिएका छन् ।
तर, लोसपाले नै नेतृत्व पाउन भने सहज छैन । मधेस प्रदेशको सरकारमा दाबी गर्दै प्रदेशका कांग्रेस सभापति एवं सांसद कृष्णा यादवले दौडधुप बढाएका छन् । उनले मधेसवादी दलका नेताहरूका साथै आफ्ना पार्टीका शीर्ष नेताहरूसँग पनि भेटघाट गरिरहेका छन् ।
तर, लोसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले ठुला दलहरूका बिचमा मधेस केन्द्रित दलकै नेतृत्वमा सरकार बनाउने समझदारी रहेको दाबी गरे । उनले भने, ‘सोहीअनुसार यस पटक लोसपा नेपालले मधेस प्रदेश सरकारको नेतृत्व गर्ने भनी दाबी गरेको छ, त्यसका लागि पार्टीका अध्यक्ष ठाकुरजी आफ्नो तरिकाले पहलहरू गरिरहनु भएको छ ।’
लोसपा नेपाललाई जसपा नेपालले पनि सघाउने दाबी लोसपा नेपालका नेताहरूको रहेको छ । लोसपा नेपालका अध्यक्ष ठाकुर र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबिच पनि यो विषयमा संवाद भएको छ ।
पार्टीकै निर्देशन भए पनि जनमतका मुख्यमन्त्री सतिष कुमार सिंहले हालसम्म राजीनामा दिएका छैनन् । उनले राजीनामा नदिएपनि कांग्रेसले समर्थन फिर्ता लिइसकेकाले उनी अल्पमतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण