लखन्देही खोलामा डुबेर एक जनाको मृत्यु
मङ्गलबार, २१ असोज २०८२, २३ : ०४
सारांश
- सर्लाहीको मलङ्गवामा लखन्देही खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।
- खोलामा नुहाउन गएका चार जनामध्ये तीन जना सकुशल निस्किए, तर १८ वर्षीय ओम ठाकुरको मृत्यु भयो।
- प्रहरीले युवकको शव निकालेर अस्पताल पुर्यायो, जहाँ उनलाई मृत घोषित गरियो।
सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिकास्थित लखन्देही खोलमा डुबेर एक युवकको मृत्यु भएको छ । मङ्गलबार मलङ्गवा नगरपालिका–५, भाडसरस्थित लखन्देही खोलामा नुहाउन गएका चार जनालाई खोलाले बगाएको थियो । खोलाले बगाएकामध्ये तीन जना पौडिएर सकुशल बाहिर निस्किएका थिए । साथै १८ वर्षे ओम ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले खोलामा तैरिरहेको अवस्थामा ठाकुरको उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले युवकलाई मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
मृतक युवकको शव परीक्षण पश्चात् आफन्तको जिम्मा लगाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण