सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

स्याफ्रु–रसुवागढी सडकखण्ड मर्मत सुरु

बुधबार, २२ असोज २०८२, ११ : २९
बुधबार, २२ असोज २०८२

सारांश

  • अविरल वर्षाका कारण स्याफ्रु-रसुवागढी सडकखण्ड क्षतिग्रस्त भएपछि मर्मत सुरु गरिएको छ।
  • याङयाङदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडकमा पहिरोले क्षति पुर्याएको छ, मर्मत कार्य सुरु भयो।
  • मितेरी पुल निर्माण तिहारसम्म सम्पन्न हुने अनुमान छ, जसले गर्दा नाका बन्द भएको थियो।

रसुवा । यही असोज १८ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त यहाँको स्याफ्रु–रसुवागढी सडकखण्ड मर्मत सुरु गरिएको छ ।  सडक मर्मतका लागि गोसाइँकुण्ड गाउँपालिकाको स्काभेटर र सडक विभागको डोजर प्रयोग गरिएको छ । 

याङयाङदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडकको २० भन्दा बढी स्थानमा पहिरोले क्षति पुर्याएको छ । सडक विभाग र गाउँपालिकाले संयुक्त रुपमा मर्मत सुरु गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजना प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए ।

मर्मत खर्च आआफ्नै निकायले व्यहोर्ने गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ । गत असार र साउनमा उक्त राजमार्ग बाढीपहिरोले क्षतिग्रस्त बनाएपछि हालै मर्मत गरी सञ्चालनमा ल्याइएको थियो । पुनः तेस्रो पटक पनि बाढीपहिरोले अवरूद्व भएको हो ।

ल्हेन्दे खोलाको मितेरी पुल निर्माण धमाधम भइरहेको छ । तिहारसम्म बेलिब्रिज तयार हुने अनुमान गरिएको छ । गत असार २४ गतेको बाढीले मितेरी पुल बगाएपछि दुई देशबीचको नाका बन्द भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप