निर्धारित समयमै निर्वाचन गर्न नेपाल परिवार दलको जोड, सरकारलाई ‘जीवन्त संवाद’ गर्न आग्रह
सारांश
- नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले तोकिएको समयमै निर्वाचन गर्न सरकारसँग माग गरेका छन्।
- उनले निर्वाचनमा सबै दलको उत्साहजनक सहभागिता सुनिश्चित गर्नुपर्ने बताए, जसले लोकतन्त्रलाई बलियो बनाउँछ।
- ढकालले अन्तरिम सरकारको प्राथमिकता निर्वाचन र सुशासन हुनुपर्नेमा जोड दिँदै संवादको आह्वान गरे।
काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले तोकिएको समयमै शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउन नेपाल सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष ढकालले निर्वाचनको विकल्प नरहेको बताएका हुन्।
उनले निर्वाचन आयोगमा दर्ता रहेका र नयाँ दलहरू सबैको उत्साहजनक सहभागिता सुनिश्चित गर्नुपर्ने बताए । यसले लोकतन्त्रलाई बलियो र प्रतिस्पर्धी बनाउने उनको भनाइ छ।
ढकालले अन्तरिम सरकारको मुख्य प्राथमिकता नै तोकिएको मितिमा निर्वाचन गर्नु र सुशासन कायम राख्नु भएको उल्लेख गरेका छन्। यसका लागि उनले सरकारलाई राजनीतिक दलहरूसँग तुरुन्तै जीवन्त संवाद गर्न आग्रह गरेका छन्।
उनले निर्वाचन आयोगलाई साधन र स्रोतसम्पन्न बनाउन पनि माग गरेका छन्। साथै, ढकालले सुरक्षा निकायको मनोबल उच्च बनाउन, मानव अधिकार र नागरिक स्वतन्त्रताको प्रत्याभूति गराउन तथा जेनजी आन्दोलनका जायज मागहरूलाई सम्बोधन गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।
निर्वाचन आयोगले निर्वाचनको तालिका सार्वजनिक गरिसकेकाले अब निर्वाचनको तयारीमा जुट्नुपर्नेमा उनले जोड दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण