पन्जाबी गायक राजवीर जवन्दाको निधन
बुधबार, २२ असोज २०८२, १४ : ५४
सारांश
- प्रसिद्ध पञ्जाबी गायक राजवीर जवन्दको सडक दुर्घटनामा निधन भएको छ।
- दुर्घटनामा घाइते भएका जवन्दको उपचारको क्रममा मोहालीको अस्पतालमा मृत्यु भयो।
- दुर्घटना हिमाचल प्रदेशमा भएको थियो, जसमा जवन्द गम्भीर घाइते भएका थिए।
नयाँ दिल्ली । प्रसिद्ध पन्जाबी गायक राजवीर जवन्दको निधन भएको छ । राजवीर सडक दुर्घटनामा घाइते भएको र उपचारको क्रममा मृत्यु भएको पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले इन्स्टाग्राममा पोस्ट गर्दै बताएका हुन् । बीबीसी पञ्जाबीका अनुसार यो भयानक सडक दुर्घटना सेप्टेम्बर २७ को बिहान हिमाचल प्रदेशको बद्दी नजिकै भएको थियो ।
दुर्घटनापछि राजवीर जवन्दलाई मोहालीको फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो । राजवीर लगभग ११ दिनसम्म भेन्टिलेटरमा रहेको समाचारमा भनिएको छ । जवन्दको मृत्युको पुष्टि गरेको छ ।
राजवीरको २०२५ को अक्टोबर ८ मा बिहान १०ः५५ बजे निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सडक दुर्घटनापछि उनलाई धेरै गम्भीर अवस्थामा अस्पताल ल्याइएको थियो । उनको मेरुदण्ड र टाउकोमा गम्भीर चोट लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण