म्याग्दीमा १५ जना बोकेको जिप दुर्घटना
बुधबार, २२ असोज २०८२, १५ : ३८
सारांश
- म्याग्दीको तुसारेपानीमा क्षमताभन्दा बढी यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
- रघुगंगा गाउँपालिकाबाट बेनीतर्फ आउँदै गरेको जिप ब्रेक फेल भएर सडकबाट १ सय मिटर तल खसेको थियो।
- घाइतेहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल बेनीमा राखिएको छ।
पोखरा । म्याग्दीमा क्षमताभन्दा बढी यात्रु बोकेको बाेलेरो जिप दुर्घटना भएको छ । बेनी नगरपालिका–९ तुसारेपानीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
रघुगंगा गाउँपालिका–८ बाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।
घाइते भएका सबैलाई प्रादेशिक अस्पताल बेनीमा उपचारका लागि राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण