बिहीबार ‘जेड’ समूहले माइतीघरमा प्रदर्शन गर्दै, प्रहरीले माग्यो थप मद्दत
सारांश
- काठमाडौँको माइतीघरमा एनटिइके-जेड समूहले प्रदर्शन गर्ने भएका छन्।
- जेड टिमका संयोजक सुरेन्द्र घर्तीले प्रदर्शनको अनुमति मागेका छन्।
- प्रहरीले सुरक्षा व्यवस्थापनका लागि जनशक्ति थप्ने भएको छ।
काठमाडौँ । काठमाडौँको माइतीघरमा बिहीबार जेनजीको एउटा समूह ‘एनटिइके–जेड’ समूहले प्रदर्शन आयोजना गरेका छन् । जेड टिमका संयोजक सुरेन्द्र घर्तीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रदर्शनको अनुमति मागेका छन् ।
जेड समूहले शान्तिपूर्ण प्रदर्शनबारे जानकारी गराएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए । उनले भने– ‘निषेधित क्षेत्र बाहेकको ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्न हामीले रोकेका छैनौँ ।’
प्रदर्शनमा घुसपैठ हुनसक्ने विश्लेषणसहित काठमाडौँ प्रहरीले थप मद्दत मागेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा योजनासहित थप मद्दत मागेको हो । सुरक्षा विश्लेषणसहित माइतीघरमा आवश्यक प्रहरी परिचालन गरिने उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । उनले भने– ‘काठमाडौँ परिसरलाई आवश्यक जनशक्ति उपलब्ध गराउँछौँ ।’
सुरेन्द्र घर्ती नेतृत्वको एनटिइके–जेड टिम समूहले भोलि बिहान १० देखी ३ बजेसम्म प्रदर्शन गर्ने भएका हुन् । प्रदर्शन शान्तिपूर्ण हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण