जेनजीको एउटा समूहले भोलि माइतीघरमा गर्ने भनिएको प्रदर्शन स्थगित
सारांश
- NTEK-Z ले भोलि माइतीघरमा गर्ने भनिएको शान्तिपूर्ण प्रदर्शन स्थगित गरेको छ।
- संस्थाले अराजक तत्वहरू प्रवेश गर्न सक्ने र अप्रिय घटना हुन सक्ने आशंका जनाएको छ।
- आगामी शान्तिपूर्ण आन्दोलनको नयाँ मिति छिट्टै सार्वजनिक गरिने बताइएको छ।
काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित एउटा समूह NTEK–Z ले भोलि राजधानीको माइतीघरमा गर्ने भनिएको शान्तिपूर्ण प्रदर्शन स्थगित भएको छ।
संस्थाका केन्द्रीय पदाधिकारीहरुको बुधबार बसेको बैठकले आन्दोलनमा अराजक तत्वहरू प्रवेश गर्न सक्ने र अप्रिय घटना हुन सक्ने आशंकाका कारण भोलिको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाइएको छ ।
बैठकपछि सो समूहले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'विभिन्न किसिमका अराजक तत्वहरूले आन्दोलनलाई विथोल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले हामी NTEK–Z का केन्द्रीय पदाधिकारीहरूले २३ गते हुने आन्दोलनलाई हालको परिस्थितिका कारण स्थगित गर्ने निर्णय गरेका छौं।'
संस्थाका अध्यक्ष प्रज्वल लामा, प्रवक्ता प्रदीप भट्टराई, संयोजक सुरेन्द्र घर्ति र सदस्य सुनिल सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगामी शान्तिपूर्ण आन्दोलनको नयाँ मिति छिट्टै सार्वजनिक गरिने उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण