कार्यकर्ताहरूलाई माओवादी केन्द्रको निर्देशन - मतदाता नामावली अद्यावधिकमा विशेष ध्यान दिनू
सारांश
- माओवादी केन्द्रले मतदाता नामावली अद्यावधिक गर्न कार्यकर्तालाई निर्देशन दिएको छ।
- पार्टीले १६ वर्ष पुगेका नागरिकको नाम समावेश गर्न र त्रुटि सच्याउन आग्रह गरेको छ।
- पार्टीले निर्वाचन आयोगको कार्यक्रमसँग मिलेर संगठन सुदृढीकरण गर्ने जनाएको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन कार्यकर्ताहरूलाई विशेष निर्देशन दिएको छ ।
पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा जारी गरिएको परिपत्रमा पार्टी कार्यकर्ताहरूलाई आगामी कार्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गर्न, विवाह तथा बसाइँसराइका कारण मतदान केन्द्र परिवर्तन गर्नुपरे आवश्यक प्रक्रिया पुर्याउन, साथै नाम, जन्ममिति वा अन्य विवरणमा त्रुटि भएमा त्यसको सच्याउन पहल गर्न आग्रह गरिएको छ ।
परिपत्रमा भनिएको छ, 'निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो। त्यसैले सम्पूर्ण पार्टी पङ्क्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिई आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ।'
यो अभियान निर्वाचन आयोगले सुरु गरेको नामावली अद्यावधिक कार्यक्रम सँग मेल खाने गरी सञ्चालन गर्न भनिएको छ । पार्टीले यसलाई संगठन सुदृढीकरण तथा जनसंपर्क विस्तारसँग पनि जोडेर हेरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण