विश्वकप छनोटः कतारमाथि यूएईको जित
काठमाडौँ । टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासेफिक छनोटअन्तर्गत यूएईले आफ्नो पहिलो खेलमा कतारमाथि सहज जित निकालेको छ ।
बुधबार भएको खेलमा यूएईले कतारलाई ७ विकेटले हराएको हो । अल इमिरेट्स क्रिकेट मैदान ओमानमा कतारले दिएको ११९ रनको लक्ष्य पछ्याएको यूएईले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
यूएईका लागि अलिसान सर्राफुले ५१ रनको अर्धशतकीय पारी खेले । उनले ४२ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै हर्षित कौसिकले ३७ रन बनाउँदा आयान्स शर्मा १३ तथा कप्तान मोहम्द वसीमले ११ रन जोडे । कतारका लागि मुजीव अल रहमानले दुई विकेट लिँदा मिर्जा मोहम्द बैगले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । कतारका लागि कप्तान मिर्जा मोहम्द बैगले सर्वाधिक ३० रनको योगदान गरे ।
त्यस्तै शाहजिव जमिलले २० रन बनाउँदा मोहम्द तवविर र सरिक मुनिरले समान १९–१९ रनको योगदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण