इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको ट्रम्पको दाबी
बिहीबार, २३ असोज २०८२, ०९ : ३६
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीचको शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर भएको बताए।
- उनले बन्धकहरू चाँडै रिहा हुने कुरा उल्लेख गर्दै कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूलाई धन्यवाद दिए।
- इजरायल र हमासले गाजा युद्धविरामबारे अप्रत्यक्ष वार्ता इजिप्टमा सुरु गरेका थिए, जसमा हजारौंको मृत्यु भइसकेको छ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताएका छन् । यसको अर्थ बन्धकहरूलाई चाँडै रिहा हुने उनले उल्लेख गरेका छन् ।
उनले ऐतिहासिक घटनाको लागि कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूलाई धन्यवाद दिएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू हप्ताको अन्त्यतिर मध्य पूर्वको यात्रा गर्नसक्ने पनि बताएका छन् ।
इजरायल र हमासले सोमवार इजिप्टको रेड सी रिसोर्ट शर्म अल–शेखमा गाजा युद्धविरामको बारेमा अप्रत्यक्ष वार्ता सुरु गरेका थिए । अक्टोबर ७, २०२३ मा युद्ध सुरु भएदेखि, इजरायली हवाई आक्रमणले गाजा पट्टीलाई तहसनहस भएको छ ।
गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार कम्तीमा ६७ हजार १ सय ८३ जनाको मृत्यु भएको छ भने १ लाख ६९ हजार ८ सय ४१ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
-
सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पत्ति जोखिममा पर्यो : सिभिल सहकारी पीडित
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण