बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

२२ वर्षपछि भियतनामलाई हराउने लक्ष्यमा नेपाल

बिहीबार, २३ असोज २०८२, १० : २४
बिहीबार, २३ असोज २०८२

सारांश

  • नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटमा भियतनामसँग प्रतिस्पर्धा गर्दैछ।
  • नेपाल र भियतनामबीचको खेल चिन मिनको गो डौ रंगशालामा नेपाली समयअनुसार साँझ ६:४५ बजे हुनेछ।
  • नेपालले पछिल्ला १० अन्तर्राष्ट्रिय खेलमा दुई खेल जितेको छ भने आजको खेल जित्ने दबाबमा छ।

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको आफ्नो तेस्रो खेलमा आज (बिहीबार) भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । 

२२ वर्षपछि भिड्न लागेका नेपाल र भियतनामबिचको खेल हो । चीन मिनको गो डौ रङ्गशालामा नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ ।

नेपाल आजको खेलमा जित निकाल्दै पर्ने दबाबमा छ । हालसम्म दुई पटक आमने सामने भएको नेपालले दुबै खेलको नतिजा भियतनामलाई सुम्पिएको छ । 

एसियन कपको छनोट खेलमा नेपाल कमजोर देखिँदै आएको छ । नेपाल गत जुनमा लाओससँग २–१ गोल अन्तरले पराजित भएको थियो । त्यस्तै पछिल्लो खेलमा मलेसियासँग २–० गोलले पराजित भएको थियो । 

भियतनाम र नेपालबिच अहिलेसम्म दुई खेल भएको छ । पहिलो खेल सन् २००४ एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरणमा भएका थिए । जसमा नेपाल ५–० ले पराजित भएको थियो । दोस्रो लेगमा पनि नेपाल २–० गोल अन्तरले पराजित भएको थियो । 

नेपालले पछिल्ला १० अन्तर्राष्ट्रिय खेलमा मात्र दुई खेल जितेको छ । तीन खेलमा हार बेहोर्दा नेपालले दुई खेल बराबरी खेलेको छ । 

नेपालका मुख्य प्रशिक्षक म्याथ्यु रसले आजको खेलका लागि नेपाली टोली तयार भएको बताएका छन् । 

‘हामी यहाँ आउन पाउँदा धेरै उत्साहित छौँ । कम्तीमा एक अंकको लागि होइन भने ३ अंकका लागि खेल्नेछौँ । लाओस विरुद्धको प्रदर्शन धेरै निराशाजनक थियो हामी यसमा सुधार गर्न खोजिरहेका छौँ,’ रसले भने । 

यता कप्तान किरण चेम्जोङले पनि भियतनामसँग खेल्न पाउँदा उत्साहित भएको बताएका छन् । 

‘भियतनामको टोलीसँग सामना गर्न पाउँदा म उत्साहित छु । सम्पूर्ण टोली यस अवसरको लागि तयारीमा छ र हामी सकारात्मक नतिजालाई घर लैजाने प्रयास गर्नेछौँ,’ चेम्जोङले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप