फिल्म ‘ककाकिकी’ को छायाङ्कन पर्वतबाट सुरु
सारांश
- फिल्म 'ककाकिकी' को छायाङ्कन बिहीबार पर्वतको भूकदेउरालीबाट सुरु भएको छ।
- बिक्की अग्रवालको निर्देशन रहने फिल्ममा तृप्ती नाडकर, रेखा थापा लगायतका कलाकारको अभिनय रहनेछ।
- फिल्मको छायाङ्कन ३५ दिन चल्नेछ, जसमध्ये २० दिन पर्वत र बाँकी काठमाडौंमा खिचिनेछ।
काठमाडौँ । फिल्म ‘ककाकिकी’ को छायाङ्कन सुरु भएको छ । आज (बिहीबार) बिहान शुभमुर्हुत गर्दै पर्वतको भूकदेउरालीबाट फिल्मको छायाङ्कन सुरु गरिएको हो । ३५ दिने तालिकासहित सुरु भएको फिल्मको २० दिन पर्वतमा र त्यसपछि काठमाडौँमा छायाङ्कन हुनेछ ।
फिल्म कमेडियन बिक्की अग्रवालले निर्देशन गर्न लागेका हुन् । फिल्ममा तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुवास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा, गौरी मल्ल लगायतको अभिनय रहनेछ ।
फिल्म निर्देशनमा बिक्कीलाई श्रद्धा प्रसाईंले सघाउनेछिन् । फिल्म ‘कमेडी दरबार’ टिमले निर्माण गर्न लागेको हो । फिल्मको लेखक पनि बिक्कीसँगै विकास अर्याल र सरोज भण्डारी हुन् । यस्तै फिल्ममा स्क्रिन प्ले पनि बिक्की कै रहेको छ भने विश्वास तिम्सिना स्क्रिप्ट डाक्टरको रूपमा रहेका छन् । फिल्मको सहायक निर्देशन अनिश बुढाथोकीले गर्नेछन् । फिल्मको डिओपीको जिम्मा सुदिप बरालले सम्हालेका छन् ।
निर्माण टिमले यसअघि गएको साउनको दोस्रो हप्तामा फिल्मको एक पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको थियो । जुन पोस्टरमा अभिनेत्री रेखा थापा, गौरी मल्ल, तृप्ती नाडकर र अभिनेता महेश त्रिपाठीलाई अनौठो अवतारमा चित्रण गरिएको थियो ।
जुन पोस्टरका कारण पनि फिल्मको कथा रहस्यमय रहेको बुझन् सकिन्छ । फिल्मको डिजिटल सर्वाधिकार ओएसआर डिजिटलसँग रहेको छ भने अन्तर्राष्ट्रिय सर्वाधिकार सेभेन सिज् इन्टरनेशनलसँग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमधाम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण