पहिलो हाफमा आशा देखाएको नेपाल भियतनामसँग पराजित
सारांश
- एएफसी एसिया कप छनोटमा नेपाल भियतनामसँग ३-१ गोलले पराजित भयो।
- पहिलो हाफमा १-१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा गोल गर्न सकेन।
- नेपालका लागि सनिष श्रेष्ठले एक गोल गरे भने भियतनामले दुई गोल थप्यो।
काठमाडौँ । एएफसी एसिया कप छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ ।
बिहीबार साँझ भियतनामस्थित गो डाउ स्टेडियममा भएको खेलमा नेपालले ३–१ गोलअन्तरले हार बेहोरेको हो ।
पहिलो हाफ एक–एकको बराबरी खेले पनि नेपालले दोस्रो हाफमा गोल गर्न सकेन । खेलअवधिर हाबी भएको भियतनामले नेपाललाई दबाबमा राखिरह्यो ।
पहिलो हाफको नवौँ मिनेटमा गोल खाए पनि नेपालले १७औं मिनेटमा फर्काएको थियो । नेपालका लागि सनिष श्रेष्ठले गोल गरेका थिए । तर नेपालले ६७ औँ मिनेटमा दोस्रो गोल खायो । भियतनामी खेलाडीले डिबक्स बाहिरबाट गरेको प्रहार गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए । तर बल क्लियर गरेपछि भएको कर्नर प्रहारमा भने किरण चुके ।
त्यस्तै ७२औँ मिनेटमा नेपालले तेस्रो गोल पनि बेहोर्यो । यहाँ पनि किरणले पहिलो प्रहारको उत्कृष्ट बचाउ गरेका थिए, तर रिबाउन्ड भएको बलमा भियतनामी खेलाडी गोल गर्न चुकेनन् ।
नेपाल पूरा समय रक्षात्मक अवस्थामै रह्यो ।
नेपाल र भियतनामबिच यो तेस्रो भेट हो । यसअघि सन् २००३ मा यी दुवै टोली दुई पटक आमनेसामने भएका थिए । एसिया कप छनोटकै दौरान नेपाल पहिलो पटक ५–० र दोस्रो पटक २–० ले पराजित भएको थियो ।
भियतनाम फिफा वरीयतामा ११४औँ स्थानमा छ भने नेपाल १७५औँ स्थानमा छ । सन् १९९८ मा भियतनाम फिफा वरीयताको ८४ औं स्थानमा थियो, यो उसको अहिलेसम्मको उत्कृष्ट अवस्था हो ।
छनोट चरणको समूहमा एफमा नेपाल र भियतनामसँगै लाओस र मलेसिया पनि छन् । तीन खेल खेलिसकेको नेपालले हालसम्म अंकखाता खोल्न सकेको छैन । तीन खेलमा नेपालले दुई गोल गरेर सात गोल बेहोरेको छ ।
अर्को खेल नेपालले १४ अक्टोबरमा खेल्नेछ । यसै समूहमा रहेको मलेसियाले आजै लाओसमाथि ३–० को सहज जित निकालेको छ । तेस्रो राउन्डको खेलमा शतप्रतिशत जित निकाल्दै मलेसिया समूह एफमा शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण