नेपाल–भारत सीमा क्षेत्रको स्थलगत अनुगमन
सारांश
- सिराहा जिल्ला सुरक्षा समितिले नेपाल-भारत सीमा क्षेत्रको अनुगमन गरेको छ।
- अनुगमन टोलीले सीमा स्तम्भको अवस्था, तस्करी र आपराधिक गतिविधिबारे जानकारी लिएको छ।
- सीमा सुरक्षालाई प्रभावकारी बनाउन र स्थानीय तहसँग सहकार्य गर्ने उद्देश्य रहेको छ।
सिराहा । जिल्ला सुरक्षा समिति सिरहाले आज नेपाल-भारत सीमाको विभिन्न नाकाको स्थलगत अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार अनुगमन टोलीले कमलानदीको पटहरवा हुँदै माडर, २ नम्बर गेट, बुधौरा, लकडीगोठ, गढियानी, सोरहवा, इटाटार, भट्टीमोड र गागल खोलासम्मको सीमा क्षेत्र अवलोकन गरेको हो ।
उनले सीमा स्तम्भहरूको अवस्था, नाकामा हुने तस्करी तथा आपराधिक गतिविधिका सम्भावना र सुरक्षाकर्मीहरूको परिचालन अवस्थाबारे स्थलगत जानकारी लिइएको बताए । यसक्रममा, माडर वसपार्क क्षेत्रमा भइरहेका अनैतिक गतिविधि रोक्नका लागि आवश्यक कदम चालिने र मट्टीमोड क्षेत्रमा भएको दशगजा अतिक्रमण सात दिनभित्र हटाउन सम्बन्धित पक्षलाई भनिएको प्रजिअ अधिकारीले जानकारी दिए ।
‘सीमामा सुरक्षालाई थप प्रभावकारी बनाउने र अवैध क्रियाकलाप नियन्त्रणमा ल्याउने उद्देश्यले अनुगमन गरिएको हो । खटिएका सुरक्षाकर्मीको मनोबल बढाउनु र स्थानीय तहसँग सहकार्य गर्नु हाम्रो प्राथमिकता हो । सोही अनुरुप बाँकी स्थानको नियमित अनुगमनको प्रक्रिया जारी रहने छ’, प्रजिअ अधिकारीले भने ।
साथै, अनुगमनका क्रममा सीमामा खटिएका सुरक्षाकर्मीहरूसँग तस्करी तथा अपराध नियन्त्रणसम्बन्धी छलफल गरिनुका साथै स्थानीय बासिन्दासँग अन्तरक्रिया गरिएको थियो । सीमा क्षेत्रमा सुरक्षाको उपस्थिति थप सशक्त बनाइनुपर्ने स्थानीयले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षा र चट्याङको त्रास : इंग्ल्याण्ड र मेक्सिकोको भिडन्त प्रभावित
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
विश्वकप अन्तिम १६ : ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्डबिच महाभिडन्त
-
छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका
-
बागरमा खानेपानीको समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण