बाढीपहिरो प्रभावितको पुनः स्थापनालाई प्राथमिकतामा राख्छौँः मन्त्री घिसिङ
सारांश
- मन्त्री कुलमान घिसिङले बाढीपहिरो प्रभावित क्षेत्रको पुनःस्थापनालाई प्राथमिकता दिने बताए।
- इलामलाई 'सङ्कटग्रस्त क्षेत्र' घोषणा गरी राहत र पुनर्निर्माणमा जोड दिइनेछ।
- बाढीपहिरोबाट इलाममा १९ वटा पक्की पुल, दुईवटा बेलिब्रिज र ३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ।
इलाम । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाढीपहिरो प्रभावित क्षेत्रको पुनः स्थापनालाई तत्काल प्राथमिकतामा राखेर काम अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय इलाममा शनिबार जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आयोजित अन्तरक्रियामा उनले इलामलाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिएकाले पुनः स्थापनाको कामलाई पहिलो प्राथमिकतामा राखिने स्पष्ट पारे ।
मन्त्री घिसिङले राहत तथा पुनर्निर्माण कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहबिचको सहकार्य अत्यावश्यक रहेको बताए । “यो विपद् हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हो, यस पटक इलामले नसोचेको क्षति बेहोर्नुपरेको छ । अब तीनै तहका सरकारबिच सहकार्य गरेर राहत र पुनःस्थापनामा जुट्न जरुरी छ । त्यो पहल सुरु भइसकेको छ”, उनले भने ।
मन्त्री घिसिङले शनिबार नै इलामका बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रको निरीक्षण गरेका थिए । उनले गत शनिबारको बाढीपहिराले क्षतिग्रस्त इलाम नगरपालिका–१० माईटापु, मेची राजमार्गको राजदुवाली सडक खण्ड र सदरमुकामदेखि मिलगोलाइसम्मको सडक खण्डको निरीक्षण गरे । निरीक्षणपछि मन्त्री घिसिङले क्षतिग्रस्त पक्की पुल, बेलिब्रिज र झोलुङ्गे पुलको पुनर्निर्माणलाई अगाडि बढाइने बताए ।
इलाममा हालैको बाढीपहिरोबाट सानाठूला गरी १९ वटा पक्की पुल, दुईवटा बेलिब्रिज र तीनवटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । यहाँ बाढीपहिरोबाट ३९ जनाको ज्यान गएको छ भने २६ जना घाइते र एक जना बेपत्ता भएका छन् ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ती घटनाबाट २७६ परिवार विस्थापित, १५१ घर पूर्ण र ३२७ घर आंशिक क्षतिग्रस्त भएका बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण