स्थानीयवासीद्वारा भानुभक्तको प्रतिमास्थल संरक्षण
तनहुँ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त आचार्यको प्रतिमास्थललाई स्थानीयवासी संरक्षण गरेका छन् । स्थानीयवासीले प्रतिमास्थलका कम्पाउण्ड मर्मत गरेका हुन् । भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घास्थित प्रतिमास्थलको कम्पाउण्ड जीर्ण भएपछि स्थानीयवासीले उक्त कम्पाउण्ड मर्मत गरेका हुन् ।
विसं २०३६ मा तत्कालीन राजाले उक्त ठाउँमा भानुभक्त आचार्यको अर्धकदको प्रतिमा निर्माण गरेको स्थानीय युवा सन्देश आचार्यले जानकारी दिए । राज्यस्तरबाटै चरम उपेक्षामा परेको यस ठाउँ झाँडी भएपछि स्थानीयवासीले झाँडी सरसफाइ गर्दै जीर्ण कम्पाउण्डको मर्मत गरेको आचार्यले बताए ।
उनले भने, “हाम्रो पहिचानको श्रेय राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यलाई जान्छ । हामीले चुँदीरम्घाली भनेर गर्व गर्न सक्ने आँट र साहस भानुभक्त आचार्य हुन् । तर भानुभक्त आचार्यको महत्व सरकारले बुझ्न सकिरहेको छैन ।”
स्थानीय आमाबुबा, युवायुवती भेला भएर सरसफाइ र कम्पाउण्ड मर्मत गरिएको आचार्यले उल्लेख गरे । भानुभक्त आचार्यको नाममा आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन गरिए पनि उक्त समितिले चासो नदिँदा यस ठाउँको दयनीय अवस्था भएको आचार्यको गुनासो छ । उनले भने, “सम्बन्धित निकायले गरेन भनेर हामी टुलुटुलु हेरेर बस्ने अवस्था छैन, स्थानीयवासी जाग्नैपर्छ ।”
भानुभक्त जन्मस्थल विकास समिति यसअघि सङ्घीय सरकारमातहत रहे पनि केही समय अगाडि उक्त समिति स्थानीय तहमा गाभिएको छ । उक्त समितिले भानुभक्त आचार्यको जन्मथलोको विकास र प्रचारप्रसारमा जति काम गर्नुपथ्र्यो त्यति हुन नसकेको आचार्यको दुःखेसो छ । भानु नगरपालिका–४ चुँदीरम्घामा १८७१ साल असार २९ गते जन्मिएका आचार्यको १९२५ साल असोज ६ गते निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारले उपहार दिएको बोइङ विमान अब ‘एयर फोर्स वान’, राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक
-
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता
-
अम्बानीको जियोले ल्याउँदैछ भारतको इतिहासकै ठुलो आईपीओ
-
उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका
-
कृषि उत्पादनमा जोडिँदै महिला सहकारी
-
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण