बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

२४ वर्षीय नवीनको सफलता : गाउँ फर्किएर परम्परागत शैलीमा होमस्टे सञ्चालन

आइतबार, २६ असोज २०८२, १० : ०३
आइतबार, २६ असोज २०८२

सारांश

  • गोरखाको नम्की गाउँमा भूकम्पपछिका घरहरूमा होमस्टे सञ्चालन हुँदै आएको छ, जहाँ आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ।
  • काठमाडौँमा स्नातक अध्ययन गरिरहेका नवीन तामाङले गाउँ फर्केर होमस्टेलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै छन्।
  • होमस्टेमा लोकल खाना र अन्य सुविधाहरूका कारण आगन्तुकहरू आकर्षित भइरहेका छन्, जसले गर्दा राम्रो आम्दानी समेत भइरहेको छ।

गोरखा । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकास्थित नम्की गाउँमा भूकम्पपछि बनेका एकनासका घरहरू छन्, जहाँ बादल लुकामारी खेलिरहन्छ। 

homestay (3)

करिब आठ वर्षअघि नै होमस्टे सञ्चालन गर्न सुरु गरिएको यस गाउँका १० घरमा पाहुना राख्ने व्यवस्था छ। विशेषगरी तराईको गर्मी छल्न चितवन, गोरखाको तल्लो भेग, तनहुँ, धादिङलगायत विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक यहाँ आउने गर्छन्।

homestay (8)

गोरखा सदरमुकामबाट करिब ६० किलोमिटरको दूरीमा रहेको नम्की गाउँका होमस्टेहरूमा शुक्रबार र शनिबार पाहुनाहरूको राम्रो उपस्थिति हुने गरेको छ। राम्रो सडक सञ्जालले जोडिएका कारण पनि यस क्षेत्रमा पर्यटकहरूको आगमन दिनप्रतिदिन बढ्दै गएको छ।

homestay (2)

यही सम्भावनालाई मध्यनजर गर्दै काठमाडौँमा स्नातक अध्ययन गरिरहेका २४ वर्षीय नवीन तामाङले गाउँ फर्किने निर्णय गरे। उनले आमाबाबुले सञ्चालन गर्दै आएको होमस्टेलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले ‘नम्की होमस्टे’ सुरु गरेका छन्।

homestay (4)

भूकम्पपछि लोप हुँदै गएको परम्परागत ढुङ्गाले छाएको घर निर्माण गरी सञ्चालन गरिएको यस होमस्टेले नवीनलाई गाउँमा मात्र फर्काएन, विदेशिने उनको विचारलाई समेत जित्यो। ‘स्नातक अध्ययनपछि विदेशी जाने विचार थियो, अब गाउँमै राम्रो भएपछि विदेशी नजाने विचार गरेँ,’ उनले आफ्नो योजना सुनाए।

homestay (1)

होमस्टेमा गाउँमै उत्पादन गरिएका विभिन्न तरकारी, लोकल कुखुरा, पाहुनाहरूको मागअनुसार नाइट क्याम्प र तातो-चिसो पानीको व्यवस्थाका कारण घुम्न आउनेहरूले यो होमस्टेलाई प्राथमिकतामा राख्ने गरेका छन्।

homestay (6)

होमस्टे सञ्चालन गरेको छ महिनामै राम्रो आम्दानी हुन थालेपछि नवीनको लक्ष्य अब गाउँमै बसेर आफ्नो व्यवसायलाई अझ विस्तार गर्ने रहेको छ।

homestay (5)homestay (7)

तस्बिर : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप