ललितपुर महानगरले चक्रपथमा निर्माण सुरु गर्यो साइकलमैत्री आकाशे पुल
सारांश
- ललितपुर महानगरले चक्रपथस्थित धोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण गर्ने भएको छ।
- नगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्दै पैदलयात्रीको जोखिम कम गर्न पुल निर्माण गर्न लागेको बताए।
- पुल निर्माणको स्वीकृति ढिलो प्राप्त हुँदा काम सुरु हुन ढिलाइ भएको र समयमै काम सक्न अनुरोध गरिएको छ।
काठमाडौँ । ललितपुर महानगरले चक्रपथस्थित घोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण गर्ने भएको छ । उक्त पुलको आइतबार नगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन् ।
पुल उद्घाटन कार्यक्रममा बोल्दै ललितपुर महानगरका प्रमुख महर्जनले चक्रपथको धोबीघाट पैदलयात्रीका लागि जोखिमपूर्ण स्थल भएको बताउँदै त्यो जोखिम घटाउन आकाशेपुल निर्माण गर्न लागेको बताए ।
उनले भने, ‘ सडक सुरक्षित नभएका कारण एक दर्जन भन्दा बढीको यो ठाउँमा ज्यान गईसक्यो,दुर्घटना हुन नदिन पुल बनाउन लागेका हौ ।’ उनले नख्खु खोलामा तीनवटा पुल निर्माण सम्पन्न भइसकेको , चक्रपथको यातायात नजिकै लिफ्टसहितको अपाङ्गतामैत्री पुल निर्माण अन्तिम अवस्थामा पुगेको जानकारी दिए । कर्मनाशा खोलामा पनि पुल निर्माणको काम अघि बढाएको छ ।
त्यसैगरी धापाखेलस्थित महादेव खोलामा पनि पुल निर्माण भइरहेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले चक्रपथमा सानो किलाकाँटा ठोक्न पनि संघीय सरकारको स्वीकृति लिनुपर्ने भएको बताउँदै त्यो स्वीकृति लिनका लागि धेरै समय लागेको बताए । उनले भने, ‘ पुल निर्माणका लागि धेरै पहिला नै माग आए पनि स्वीकृति पाउन धेरै समय लागेकाले पुल निर्माणको काममा ढिला सुरु भएको हो । ’ निर्माणको जिम्मा लिएको कम्पनीलाई समयमै काम सक्ने उनले अनुरोध गरे ।

सुशासन तथा संस्थागत विकास समितिका संयोजक तथा वडा नं.३ वडा अध्यक्ष श्रीगोपाल महर्जनले स्थानीय तह नागरिकको मर्म बुझ्ने सरकार भएको बताए । स्थानीयको माग बमोजिम महानगरले यहाँ पुल निर्माणको लागि धेरै अघिदेखि प्रक्रिया अघि बढाएपनि सडक विभागको स्वीकृति समयमै नपाउँदा ढिला भएको जानकारी गराए ।
विकास निर्माणको काममा स्थानीयलाई महानगरसँग समन्वय र सहकार्य गर्न अनुरोध गरे । ललितपुर महानगर अन्य पालिकाभन्दा पृथक् भएको बताउँदै सुशासन र अनुशासन कायम राख्नुपर्ने सबैलाई अनुरोध गरे । वडा नं. ४ का वडा अध्यक्ष सन्तोष खड्काले धोबीघाटमा महानगरले निर्माण गर्न लागेको साइकलमैत्री पुलले पैदलयात्रीलाई सहज हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
-
१० बजे १० समाचार : बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण