शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिल्मफेयरमा अवार्डमा ‘लापता लेडिज’लाई १४ अवार्ड

आइतबार, २६ असोज २०८२, १३ : १३
आइतबार, २६ असोज २०८२

सारांश

  • अहमदाबादमा आयोजित फिल्मफेयर अवार्ड २०२५ मा 'लापता लेडिज'ले धेरै अवार्ड जित्यो।
  • अभिषेक बच्चन र कार्तिक आर्यनले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते भने आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको उपाधि पाइन्।
  • शाहरुख खान, काजोल र जया बच्चनलाई उनीहरूको योगदानको लागि सम्मान गरिएको थियो।

अहमदाबाद । शनिबार राति अहमदाबादमा आयोजित ७० औं ‘फिल्मफेयर अवार्ड २०२५’ मा सारा बलिउड उपस्थित थियो । शाहरुख खान, करण जोहर र मनिश पलले मिलेर अवार्ड समारोहको होस्ट गरेका थिए । 

अवार्ड समारोहमा ‘लापता लेडिज’को दबदबा रह्यो । फिल्मले २४ वटा मनोनयन पाएको थियो । यसमध्ये १४ वटा अवार्ड फिल्मको नाममा रह्यो । शाहरुख खानले आफ्नो प्रस्तुतिबाट समारोहलाई विशेष बनाएका थिए । शाहरुख र काजोलको प्रस्तुति पनि हिट रह्यो ।

 अभिषेक बच्चन र कार्तिक आर्यनले क्रमशः ‘आई वान्ट टु टक’ र ‘चंदु च्याम्पियन’का लागि सर्वोत्तम मुख्य अभिनेताको अवार्ड हात पारे । अभिषेक बच्चनले आफ्नो करियरमा पहिलो पटक सर्वश्रेष्ठ अभिनेताको फिल्मफेयर पुरस्कार जितेका थिए । यद्यपि, उनले यो पुरस्कार कार्तिक आर्यनसँग बाँड्नुपर्‍यो । ‘चंदु च्याम्पियन’का लागि कार्तिक आर्यनले यो पुरस्कार प्राप्त गरेका थिए । पुरस्कार स्वीकार गर्दा कार्तिक आर्यन र अभिषेक बच्चन भावुक देखिए ।

 ‘जिग्रा’का लागि आलिया भट्टले सर्वोत्तम मुख्य अभिनेत्रीको उपाधी जितिन् । राजकुमार रावले सर्वोत्तम पुरुष अभिनेता (समीक्षक पुरस्कार) पाउँदा लापता लेडिजबाट प्रतिभा रन्टाले सर्वोत्तम मुख्य अभिनेत्रीको अवार्ड जितिन् । लापता लेडिजबाट अभिनेत्री छाया कदमलृसर्वोत्तम सहायक महिला अभिनेत्रीको अवार्ड जित्दा सोही फिल्मका लागि रवि किशनले सर्वोत्तम सहायक पुरुष अभिनेताको अवार्ड हात पारे । शुजित सरकारको आई वान्ट टु टकले सर्वोत्तम फिल्म (समीक्षक पुरस्कार) पायो ।  

 लापता लेडिजकी नितान्शी गोयलले सर्वोत्तम डेब्यू अभिनेत्रीः फिल्मफेयर पुरस्कार २०२५ जितिन् । किल फिल्मका लागि लक्ष्य लालवाणीले सर्वोत्तम डेब्यू अभिनेताको उपाधी जिते । मडगांव एक्सप्रेस र आर्टिकल ३७० को लागि क्रमशः कुणाल खेमु, आदित्य सुहास जाम्भाले सर्वोत्तम डेब्यू निर्देशकको अवार्ड हात पारे । लापता लेडिजको सजनी गितका लागि अरिजित सिंहले सर्वोत्तम प्लेब्याक गायकको अवार्ड जिते ।

 फिल्मफेयर अवार्ड २०२५ मा, शाहरुख र काजोलको हिट जोडीले आफ्नो प्रदर्शनले दर्शकलाई मोहित पारेका थिए । पुरस्कार समारोहमा भारतीय सिनेमामा उनको योगदानको लागि शाहरुख खानलाई सम्मान गरिएको थियो । काजोल र करण जोहरसँगै उनले यो पुरस्कार ग्रहण गरेका थिए ।

अभिनेत्री जया बच्चनलाई सिने आइकन पुरस्कारबाट सम्मानित गरिएको थियो । उनलाई सिनेमामा उनको योगदानको लागि सम्मान गरिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप