शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अविरल वर्षाले कृषि क्षेत्रमा व्यापक क्षति : एक हप्ता बित्दा पनि प्रदेशहरूबाट विवरण प्राप्त भएन

आइतबार, २६ असोज २०८२, १७ : २७
आइतबार, २६ असोज २०८२

सारांश

  • असोज १७ देखि २० गतेसम्मको वर्षापछि आएको बाढीपहिरोले कृषि क्षेत्रमा क्षति पुर्‍याएको छ।
  • कृषि मन्त्रालयले क्षतिको विवरण संकलन गर्न प्रदेशहरूलाई परिपत्र गरेको छ, तर विवरण आउन बाँकी छ।
  • मन्त्रालयले बीमा र बीमा नगरिएका क्षतिको विवरण छुट्टाछुट्टै पठाउन निर्देशन दिएको छ।

काठमाडौँ । असोज १७ देखि २० गतेसम्मको अविरल वर्षापछि आएको बाढी, पहिरो तथा विपद्का कारण कृषि क्षेत्रमा व्यापक क्षति पुगेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले क्षतिको विस्तृत विवरण संकलन गर्न सातवटै प्रदेशलाई परिपत्र गरे पनि एक हप्ता बितिसक्दा समेत विवरण प्राप्त नभएको जनाएको हो।

मन्त्रालयले बालीनाली, पशुपंक्षी, कृषि पूर्वाधार, भवन र कृषियोग्य जमिनमा भएको क्षति लगायतका क्षेत्रको विवरण माग गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. जानुका पण्डितले क्षतिको विवरण संकलन गर्ने निर्णय गरी प्रदेशहरूलाई फारम पठाइएको बताइन्।

प्रवक्ता पण्डितका अनुसार, मन्त्रालयले क्षतिको विवरण पठाउँदा बीमा गरेको र नगरेको अवस्था छुट्टाछुट्टै वर्गीकरण गरेर पठाउन निर्देशन दिएको छ। सङ्घीय स्तरबाट तल्लो तहको बीमा स्थिति छुट्याउन कठिन हुने भएकाले प्रदेशबाटै वर्गीकरण गरेर पठाउन निर्देशन दिइएको र त्यसो नभएमा फेरि निर्देशन दिइने उनले स्पष्ट पारिन्।

प्रदेशहरूले आफ्ना कृषि ज्ञान केन्द्रमार्फत प्रत्येक पालिकामा पुगेको क्षति र घरधुरीको विवरण संकलन गर्ने विश्वास मन्त्रालयले लिएको छ। मन्त्रालयले क्षतिको अवस्थाबारे अध्ययन गरी राहत सहयोगको सुझावसहित सरकारलाई प्रतिवेदन दिन सहसचिवको संयोजकत्वमा एक संयन्त्र पनि गठन गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप