इजरायलले भन्यो, ‘केही घण्टाभित्रै सबै बन्धकहरू रिहा हुँदैछन्’
काठमाडौँ । इजरायली सरकारकी प्रवक्ता शोश बेड्रोसियनले तेल अभिभमा भएको पत्रकार सम्मेलनमा ‘केही घण्टाभित्रै सबै बन्धकहरूको रिहाइ’ हुने बताएकी छन् । उनले इजरायल शनिबार रातिदेखि नै आफ्ना बन्धकहरूलाई स्वागत गर्न तयार रहेको बताइन् ।
बेड्रोसियनका अनुसार इजरायलले जीवित रहेका २० जना बन्धकहरूलाई सोमबार बिहानै रेड क्रसलाई हस्तान्तरण गरिने अपेक्षा गरेको छ । त्यसपछि उनीहरूलाई सीमा पार गराएर रेईम सैन्य अड्डामा लगिनेछ । मृत्यु भएका बन्धकहरूको शवलाई इजरायली झण्डामा बेरेर शवपेटामा राखी पहिचानका लागि फोरेन्सिक संस्थानमा लगिनेछ ।
युद्धविराम सम्झौताको एक भागको रूपमा, इजरायलले आजीवन कारावासको सजाय भोगिरहेका २५० प्यालेस्टिनी कैदीका साथै अक्टोबर ७, २०२३ पछि पक्राउ परेका १,७२२ गाजाका बन्दीहरूलाई रिहा गर्न सहमति दिएको छ । यसमा करिब दुई दर्जन बालबालिका पनि समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण