बन्धक पिताको शव कुरिरहेका छोरा भन्छन्– यो क्षण निकै भावुक छ
काठमाडौँ । यतिबेला गाजामा जीवित र मृतक सबै बन्धकका आफन्तहरू रिहाइको प्रतीक्षामा छन् । हमासको कब्जामा रहेका ४८ जनामा २० बन्दी मात्रै जीवित रहेको बताइएको छ । दुई जनाको अवस्था अज्ञात रहँदा अरू सबैको मृत्यु भइसकेको छ ।
‘यो क्षण निकै भावुक छ,’ मृतक बन्दीका छोरा रोटेम कूपरले एउटा भ्वाइस नोटमा भनेको भन्दै बीबीसीले लाइभमा लेखेको छ । भ्वाइस नोटको पृष्ठभूमिमा हेलिकप्टरको आवाज सुनिएको थियो ।
रोटेम बिहान ५ बजे नै उठेर अन्य बन्धक परिवारहरूको साथमा दक्षिणी इजरायलको रिम सैन्य अड्डामा गएका थिए । २०२३ को अक्टोबर ७ मा हसमाले किबुट्ज निर ओजबाट रोटेमको माता र पिता दुबैलाई बन्धक बनाइएको थियो ।
आमालाई केही हप्तापछि रिहा गरिएको भए पनि पिता भने बन्धक रहेकै अवस्थामा मृत्यु भयो । रोटेमको पिताको शव लिनका लागि किबुट्ज निर ओजबाट रोटेमका बाल्यकालका साथीभाइ समेत आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण