एन्फा अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि, राजीनामा माग
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को वर्तमान नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले राजीनामा माग गरेका छन् ।
एन्फाले फुटबल विकासका लागि गर्नुपर्ने आधारभूत कार्यहरूमा उदासीनता देखाएको, सरोकारवालाहरूको आवाजलाई बेवास्ता गरेको र संस्थागत पारदर्शिता कायम गर्न नसकेको आरोप खड्काले लगाएका छन् ।
पत्रकार सम्मेलनमार्फत एन्फा नेतृत्वले मकवानपुरस्थित एन्फा एकेडेमीमा एक खेलाडीको दुःखद निधन भएको घटनामा संवेदनशीलता नदेखाएको, पीडित परिवारलाई न्याय दिन र घटनासम्बन्धी छानबिन समिति गठन गर्न असफल भएको उनले बताए । क्लब, खेलाडी, प्रशिक्षक, रेफ्री र समर्थकहरूलाई बेवास्ता गर्ने, एकलौटी निर्णय गर्ने गरेको पनि खड्काको आरोप थियो ।
एन्फाको मुख्य दायित्व लिग सञ्चालन भए पनि त्यसमा उदासीन देखिएको, दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय खेलहरू खेलाउन योग्य बनाउन नसकेको, आर्थिक कारोबारमा पारदर्शिता कायम गर्न नसकेको र खेलाडीलाई प्रोत्साहन गर्न कमी राखेको पनि उनको आरोप छ । साधारण सभाका कार्यक्रममा ढिलाइ भएकोमा समेत खड्काले असन्तुष्टि व्यक्त गरे ।
नेतृत्व असक्षम हुँदा त्यसको दोष सबैले भोग्नुपरेकाले नेपाली फुटबललाई थप दुर्घटनाबाट जोगाउन एन्फा अध्यक्ष र महासचिवलाई समयमै मार्ग प्रशस्त गरिदिन उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण