आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलायो

सोमबार, २७ असोज २०८२, १९ : ४३
सोमबार, २७ असोज २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले परिवर्तित राजनीतिक सन्दर्भमा पार्टीको धारणा तय गर्न तथा साङ्गठनिक समीक्षा र आगामी योजना तय गर्ने उद्देश्यले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक असोज २९ गते बुधबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठकमा हालसम्म सम्पन्न भएका स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति मूल्याङ्कन, साङ्गठनिक सुदृढीकरणका उपाय, समसामयिक राजनीतिक परिस्थिति र पार्टी जीवनसँग सम्बन्धित विविध विषयमा विस्तृत छलफल हुनेछ ।

प्रवक्ता श्रेष्ठले भने, ’बैठकमा हालको राजनीतिक परिवेशमा पार्टीको स्पष्ट धारणा तय गर्ने, अधिवेशनहरूको मूल्याङ्कन गर्ने र सङ्गठन सुदृढीकरणका लागि ठोस योजना तय गर्ने एजेन्डा रहेको छ ।’

राप्रपाभित्र एक समूहले महाधिवेशन माग गरिरहेका बेला आह्वान भएको बैठकलाई महत्वका साथ हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप