एटीएम मेसिन तोडफोड गर्ने पक्राउ
मङ्गलबार, २८ असोज २०८२, १२ : ०९
सारांश
- प्रभु बैंकको एटीएम तोडफोड गरेको आरोपमा सुनसरीमा एक जना पक्राउ परेका छन्।
- इलाका प्रहरी कार्यालय चतराले बराहक्षेत्र नगरपालिका-१ बाट २७ वर्षीय सञ्जीव राईलाई पक्राउ गरेको हो।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका-१, बयरवन मा रहेको प्रभु बैंक लिमिटेडको एटीएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
असोज २७ गते अपराह्न बराहक्षेत्र-१, खार खोलाका २७ वर्षीय सञ्जीव राईले एटीएम मेसिन तोडफोड गरिरहेको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका राईमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण