अपडेट
खड्काले पाए कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी
मङ्गलबार, २८ असोज २०८२, १४ : ३६
सारांश
- शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।
- पार्टी कार्यालय सानेपामा बसेको बैठकमा खड्कालाई कार्यवाहकको जिम्मेवारी दिइएको घोषणा भयो।
- कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबारसम्मका लागि स्थगित भएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिइन् ।
यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबारसम्म स्थगित भएको छ ।
आज सभापति देउवाले सम्बोधन गरेपछि बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण