नेपाल भियतनामसँग पराजित
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोटमा भियतनामसँग पराजित भएको छ ।
नेपाली टोली मंगलबार भएको खेलमा भियतनामसँग १–० गोल अन्तरले पराजित भएको हो ।
थोङ नाथ मैदानमा भियतनामले पहिलो हाफमा पाएको आत्मघाती उपहार नै आजको खेलमा जित निकाल्यो ।
खेलको पाँचौँ मिनेटमा नेपालका सुमन श्रेष्ठले आत्मघाती गोल गरे । नेपाल पहिलो खेलमा भियतनामसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।
आजको खेल नेपालका लागि घरेलु मैदानमा खेल्नु पर्ने खेल थियो । तर, नेपालको एक मात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशाला एएफसीले अयोग्य भनेपछि होम म्याच पनि भियतनाममा खेलेको हो ।
एसियन कप छनोट प्रतियोगितामा नेपालले अब मलेसिया र लाओससँग खेल्न बाँकी छ । आजको खेलमा जित निकाल्न सकेमा अघिल्लो चरण प्रवेशको सम्भावना रहेको थियो ।
नेपालले मलेसियासँग आफ्नो होम म्याच नोभेम्बर १८ र लाओससँग नोभेम्बर २६ मा खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण