विपिनको निधनप्रति एनआरएनएद्वारा दुःख व्यक्त
काठमाडौँ । महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले इजरायल–हमास द्वन्द्वका क्रममा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
सङ्घले मंगलबार विज्ञप्ति जारी गर्दै जोशी जीवित नरहेको समाचारले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ ।
विपिन जोशी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत किबुज अलुमिममा अध्ययनरत रहँदा सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा १० नेपाली विद्यार्थी मारिएका थिए भने जोशी बन्धक बनाइएका थिए ।
एनआरएनएको विज्ञप्तिमा भनिएको छ, ’जोशीलाई सकुशल स्वदेश फर्काउने नेपाल सरकार तथा अन्तर्राष्ट्रिय समुदायको प्रयास सफल हुन नसकेकोमा हामी गहिरो दुःख व्यक्त गर्दछौँ ।’
सङ्घले विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, शोकसन्तप्त परिवार र आफन्तहरूमा गहिरो समवेदना प्रकट गरेको छ ।
एनआरएनएका प्रवक्ता गंगाधर गौतमले विज्ञप्ति मार्फत नेपाली समुदायलाई यो कठिन घडीमा एकताबद्ध भएर विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण