बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनबाट प्रभावितको हितमा खर्च गर्न सक्ने
सारांश
- राष्ट्र बैंकले बैंकहरूलाई जेनजी आन्दोलनका घाइतेहरूको उपचार खर्च गर्न अनुमति दिएको छ।
- नयाँ व्यवस्था अनुसार, बैंकहरूले गरिब र विपन्न वर्गका घाइतेहरूको औषधि उपचारमा सहयोग गर्न सक्नेछन्।
- यसका साथै, जेनजी आन्दोलनमा सहिद भएका परिवारलाई सीपमूलक तालिमको लागि सहयोग गरिनेछ।
काठमाडौँ । बैंकहरूले सीएसआरको पैसा जेनजी आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरुको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले मार्गदर्शनमा संशोधन गर्दै भनेको छ– ‘जेनजी आन्दोलनका क्रममा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराइने खर्च गर्न सकिनेछ ।’
मार्गदर्शनको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्न सकिने क्षेत्रको सूचीमा जेनजी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारको लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराइने खर्च सामेल गरिएको छ ।
जेनजी आन्दोलनमा सहिद भएका व्यक्तिका,आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जन क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई प्रदान गर्ने खर्चलाई पनि सीएसआरको रूपमा गणना गर्न पाइने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण