काठमाडौं-२६ मा अब डिजिटल ठेगाना प्रणाली
बुधबार, २९ असोज २०८२, १२ : ५८
सारांश
- काठमाडौं महानगरपालिका वडा नं. २६ ले एनएफसी चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली सुरु गरेको छ।
- यो प्रणालीले वडाका घरहरुमा क्युआर कोड र चिप्ससहितको डिजिटल ठेगाना समावेश गर्दछ।
- यसका लागि वडाले ४५ लाख रुपैयाँ बजेट खर्च गरेको छ र वडा २६ यो प्रणाली सुरु गर्ने पहिलो वडा हो।
काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. २६ ले वडाभित्रका घरहरुमा एनएफसी चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली प्रारम्भ गरेको छ । बुधबार लैनचौरस्थित वडा कार्यालयमा यो कामको शुरुवात गरिएको हो ।
कुल ४५ लाख रुपैयाँ बजेट खर्च गरेर वडाका सबै घरमा ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’ लागु गर्न लागिएको वडाध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए ।
उक्त प्रणाली सुरु गर्ने वडा नं २६ पहिलो वडा हो । यस प्रणालीमा पुरानो ठेगाना तथा बाटोको नामलाई यथावत राखी ‘क्युआर कोड’ र ‘चिप्स’सहितको ठेगाना समावेश गरिएको सूचनापाटी जडान हुनेछ । जडान गरिएको सूचनापाटीमा नेपाली स्थानीय ‘कोड’सँगै ‘युनिभर्सल गुगल प्लसकोड’ हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
-
१० बजे १० समाचार : बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण