केन्द्रीय कमिटी बैठकमा ओलीको विशेष प्रस्ताव : प्रतिनिधिसभा तत्काल पुनर्स्थापना हुनुपर्छ
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताए।
- ओलीले संसद विघटन अलोकतान्त्रिक भएको र यसले राजनीतिक रिक्तता सिर्जना गरेको बताए।
- उनले पार्टीले प्रतिनिधिसभा विघटनको विरोध गर्दै पुनर्स्थापनाको माग गरेको उल्लेख गरे।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा तत्काल पुनर्स्थापना हुनुपर्ने बताएका छन् । बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा विशेष प्रस्ताव पेस गर्दै ओलीले संसद अलोकतान्त्रिक ढंगले विघटन गर्ने काम भएको समेत उल्लेख गरेका छन् ।
‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति’ शीर्षकको विशेष प्रस्तावमा भनिएको छ, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक छ । यसले मुलुकलाई निर्वाचित जनप्रतिनिधि निकाय विहीन अवस्थामा पुऱ्याएको छ र राजनीतिक रिक्तताको स्थिति सिर्जना गरेको छ । यसले जनतामा निहित सार्वभौमसत्तालाई कमजोर बनाएको छ र लोकतन्त्र विरोधी शक्तिहरूलाई उत्साहित तुल्याएको छ। हाम्रो पार्टी असंवैधानिक र अलोकतान्त्रिक ढङ्गले गरिएको प्रतिनिधिसभा विघटनप्रति आपत्ति व्यक्त गर्दछ र विघटित प्रतिनिधि सभा तत्काल पुनर्स्थापना हुनुपर्दछ भन्ने कुरामा जोड दिन चाहन्छ ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण