सर्वोच्च बारद्वारा निष्पक्ष चुनावका लागि सघाउने प्रतिबद्धता
बुधबार, २९ असोज २०८२, १६ : १७
सारांश
- सर्वोच्च अदालत बार एसोसिएसनले फागुन २१ गतेको निर्वाचनलाई स्वच्छ बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
- बार एसोसिएसनका पदाधिकारीले गृहमन्त्रीसँग भेट गरी सुशासन कायम गर्न आग्रह गरे।
- भ्रष्टाचार नियन्त्रण, कानुनी शासनको माग सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराइएको छ।
काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष तुल्याउने सरकारको अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग सर्वोच्च अदालत बार एसोसिएसनका कार्यवाहक अध्यक्ष अम्बर राउतसहितका पदाधिकारीले आज भेट गरी मुलुकमा शान्ति सुव्यवस्था र आमजनतामा सुशासनको प्रत्याभूति दिलाउन आग्रह गरे ।
उनीहरूले भ्रष्टाचार नियन्त्रण, कानुनी शासनलगायत जेनजी पुस्ताले उठाएको माग सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण