दुर्घटना रोक्न भएपनि निर्वाचन गराउनुपर्छ : प्रदीप यादव
बुधबार, २९ असोज २०८२, १७ : ३१
पर्सा । जनता समाजवादी पार्टीका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले तोकिएको समयमै अर्थात आगामी फागुन २१ गते सरकारले निर्वाचन गराउनु पर्ने बताएका छन् ।
बुधबार जसपा जिल्ला समिति पर्साले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै यादवले सरकारले तोकिएको समयमै निर्वाचन गराउनु पर्ने तथा राष्ट्र निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।
‘सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउनु पर्छ । निर्वाचनमा भाग लिन हामी तयार छौँ । अन्य पार्टीलाई पनि चुनावमा सहभागी गराउनु पर्छ’, यादवको भनाइ छ ।
उनले वर्तमान सरकारले समयमै निर्वाचन गराउन सकेन भने देश अझै दुर्घटनामा जान सक्ने भन्दै दुर्घटना रोक्नलाई भएपनि देशमा निर्वाचन हुनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण