ईःईःलाई बालेनको जवाफ– मिलेर आउनु, म तपाईँलाई अध्यक्ष बनाउन तयार छु
सारांश
- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक अभियन्ता ईः ईःको पोस्टमा कमेन्ट गर्दै आफै नेता बन्न आग्रह गरे।
- ईः ईःले केपी ओली र बालेनको राजव्यवहारमा अन्तर नरहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
- मेयर बालेनले ईः ईःलाई अध्यक्ष बनाउन र आफू कार्यकर्ता बन्न तयार रहेको बताएका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक अभियन्ता ईः ईः को एक पोस्टमा कमेन्ट गर्दै आफै नेता बन्न आग्रह गरेका छन् । उनले मिलेर आए ईः ईःलाई अध्यक्ष बनाएर आफू कार्यकर्ता रहन तयार रहेको बताएका हुन् ।
ईः ईःले सामाजिक सञ्जालमार्फत केपी ओली र बालेनको राजव्यवहारमा कुनै अन्तर नरहेको बताएका थिए । उनले लेखेका छन्– 'समयले मलाई गलत प्रमाणित गरोस् भन्ने आशा सहित यो भन्दै छु- केपी, बालेन, दुर्गा जस्ता पात्रहरूबिच फेस भ्याल्यूमा वैचारिक भिन्नता होला तर राजव्यवहारिक रूपमा धेरै अन्तर छैन। तिनीहरू आफ्नो अटलता र बर्चस्व कायम गर्न जुनैपनि हदसम्म जान तयार हुन सक्छन्। यस्ता पात्रले प्रस्तुत गर्नसक्ने भन्दा विकसित र गतिशील नेतृत्वको काबिल बन्न हाम्रो समाजमा, हर मनमा गम्भीर आत्मसमीक्षा जरूरी छ। यी केवल आम हिपोक्रिसीको ऐनामात्र हुन्।'
यो पोस्टको कमेन्टमा बालेनले लेखेका छन्– '८० बर्ष पुग्दा पनि आफू पीएम बन्ने, आफू अध्यक्ष बन्ने देशमा मैले ३५ वर्षकै उमेरमा तपाईँहरू आउनुस् , देश चलाउनुस् भनिरको छु त, ई सर । सबै जना मिल्नुस, बालेनलाई मात्र नेता नसोच्नुस्, तपाईँहरू पनि लिडर बन्नुस् । म तपाईँ लाई पीएम, पार्टीको अध्यक्ष बनाउन तयार छु, सबै नयाँ लाई मिलाएर ल्याउनुस् । म कार्यकर्ता बन्न तयार छु ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण