पदभार ग्रहणसँगै मुख्यमन्त्री सोनलको निर्णय : हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता
बिहीबार, ३० असोज २०८२, १५ : ५१
काठमाडौँ । मधेस प्रदेशका नव नियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणसँगै उनले हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता दिने निर्णय गर्दै जनताको भावनालाई कदर गर्ने काम पहिलो प्राथमिकतामा राखिने बताए ।
उनले बाँकी निर्णयहरू मन्त्री परिषद्बाट हुने र जानकारी गराइने बताउँदै तत्काल जनताको आवाज, गुनासो र भावना समेटिने कार्यक्रम हेल्लो सिएमलाई निरन्तरता दिने निर्णयमा हस्ताक्षर भएको बताए ।
मुख्यमन्त्री सोनलले आफ्ना नवनियुक्त मन्त्रीहरूसहित जनकपुरधामको मुजेलियास्थित शहीद गेट पुगेर शहीदहरूप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यस सरकारमा कुनै पनि किसिमको अन्यौलता, हेलचक्राई र लापरबाही नहुने समेत बताए । जनताको भावनाको कदर, सुशासन र विकासमा अग्रसरता लिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण